
रौतहटको राजपुर नगरपालिका–३ डमार पोखरियामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा एक गर्भवती महिलाको मृत्यु भएको छ। निधन हुनेमा ३० वर्षीया गुलनाज खातुन रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दीपककुमार रायले जानकारी दिएका छन्।
प्रहरीका अनुसार खातुन साँझको समयमा आफ्नो सुत्ने कोठामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्याइएको थियो। तर, अस्पतालमा गरिएको ईसीजी परीक्षणपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
स्व. खातुन ८ महिनाकी गर्भवती थिइन् र उनका पहिले नै तीन छोराहरू र एक छोरी छन्।
हाल घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।