Join our Channel

ट्वान्टी–२० विश्वकप सपना: अन्तिम बलमा जित्ने नेपालको रोमाञ्चक यात्रा

नेपालले स्कटल्यान्ड भ्रमणलाई ट्वान्टी–२० विश्वकप छनोटको तयारीको रूपमा लिए पनि, प्रदर्शनले नेपाली क्रिकेटप्रेमीको मुटु छाम्ने खालको रोमाञ्चकता दिएको छ।

नेदरल्यान्ड्सविरुद्धको खेलमा १५२ रन बराबरी भएपछि ३ वटा सुपर ओभर खेलेर नेपालले प्रदर्शन गर्‍यो। त्यसको भोलिपल्ट स्कटल्यान्डसँगको खेलमा ९८ रनको लक्ष्य पुरा गर्न नेपालले अन्तिम बल कुर्नु पर्‍यो।

प्रशिक्षक स्टुवार्ट ल भन्छन्, “नेपालमा टिभी हेर्नेहरूलाई त हृदयघात नै आउला जस्तो खेल देखियो। तर, यस्तो रोमाञ्चक खेलले मन जितेको छ।”

नेपालले स्कटल्यान्ड भ्रमणका ४ मध्ये ३ खेल जितेको छ। प्रशिक्षक लको नेतृत्वमा नेपाली टोलीले ‘शान्त ड्रेसिङ रुम’ निर्माण गर्दै दबाबमा निर्णय लिने क्षमता विकास गरिरहेको छ।

तीव्र गतिका बलर सोमपाल कामी, गुलशन झा र नन्दन यादव घाइते हुँदा पनि नेपालले बलिङमा प्रभाव जमाएको छ। खासगरी करण केसीले जिम्मेवारी सम्हाल्दै १०० ट्वान्टी–२० विकेट पूरा गरेका छन्।

अब नेपालले अस्ट्रेलिया भ्रमण र वेस्ट इन्डिजसँगको तीन खेलको शृंखलापछि ओमानमा हुने विश्वकप छनोटमा सहभागी हुनेछ। प्रशिक्षक ल भन्छन्, “शान्त रूपमा भूमिका बुझेमा नेपाल ट्वान्टी–२० विश्वकपमा पुग्न सक्छ।”

नेपालले सन् २०१४ र २०२४ मा ट्वान्टी–२० विश्वकप खेलेको थियो। यो वर्ष नेपाल तेस्रोपटक त्यो गौरव दोहोर्याउने तयारीमा छ।

Leave a comment