Join our Channel

मन्त्रीहरूले आफ्नो क्षेत्रमै बजेट बाँड्दा ‘भोट पाइन्छ’ भन्ने सोच गलत हो : एमाले सांसद वासुदेव घिमिरेको सन्देश

मन्त्रीहरूले आफ्नो क्षेत्रमै बजेट बाँड्दा ‘भोट पाइन्छ’ भन्ने सोच गलत हो : एमाले सांसद घिमिरेको सन्देश

सरकारको नेतृत्व गरिरहेका एमालेका सांसद वासुदेव घिमिरेले आगामी आर्थिक वर्षको बजेट विनियोजनप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले मन्त्रीहरूले आफ्नै निर्वाचन क्षेत्रमा मात्र योजना बजेट खन्याउन खोज्नु गलत भएकाले यसले चुनावमा धेरै भोट नपाउने बताएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद घिमिरेले मन्त्रीहरू चुनाव जित्ने लालचले बजेट एकतर्फी तरिकाले बाँड्ने चलन रोक्न आवश्यक रहेको बताए। उनले भने, “बजेट पार्न मन्त्री नै हुनुपर्ने हो भन्ने सोच र परिपाटी पुनः दोहोरिँदैछ। यसले बजेट खन्याएर निर्वाचन जित्ने कुरा पुरानो र गलत हो।”

घिमिरेले बजेट निर्माण प्रक्रियामा सांसदहरूको सुझाव र भूमिका कमजोर रहेको दाबी गर्दै, संसदमा आएको बजेट पास गर्ने मात्रै देखावटी भूमिकामा सांसदहरू सीमित रहेको बताइन्। उनले बजेटमा धेरै योजना मन्त्रीहरूले मनलाग्दी रूपमा राख्ने तर सांसदहरूले सिफारिस गरेका योजना बजेटमा नराखिने असन्तुष्टि व्यक्त गरे।

सांसद घिमिरेले सरकारले बजेट ल्याउँदा सांसदहरूलाई पूर्वमै योजना मागेर भ्रममा पारिएको र त्यसमा सहरी विकास मन्त्रालयले मात्र पाँच योजनालाई बजेट दिएको बताए। उनी भन्छन्, “मन्त्रीका योजना राख्न समस्या छैन, तर सांसदहरूको योजना ३ करोडको सीमा लगाएर रोकिएको छ, यो ठीक छैन।”

उनले बजेट संशोधन गर्न सकिने व्यवस्थाको आवश्यकता पनि औँल्याए। घिमिरेले बजेटमाथि अहिलेको सरकारलाई अघिल्लो सरकारभन्दा बढी आलोचना भइरहेकाले यस विषयमा सचेत हुन सुझाए।

Leave a comment