Join our Channel

इरानको मिसाइल आक्रमण: इजरायलमा ३ जनाको मृत्यु, तनाव चुलियो

इरानको मिसाइल आक्रमण: इजरायलमा ३ जनाको मृत्यु, तनाव चुलियो

इरानले इजरायलमा गरेको मिसाइल आक्रमणका कारण इजरायलको दक्षिणी सहर बियर शेभा स्थित आवासीय भवनमा विस्फोट हुँदा ३ जनाको मृत्यु भएको इजरायली आपतकालीन सेवाले पुष्टि गरेको छ।

मृतकहरूमा ४० वर्षीय पुरुष, ३० वर्षीया महिला र २० वर्षीय युवक रहेका छन्। उनीहरू गम्भीर घाइते भएका थिए र उपचारको क्रममा ज्यान गुमाएका हुन्।
यस्तै, घटनामा थप ६ जना सामान्यदेखि मध्यम घाइते भएका छन् र उनीहरूको उपचार भइरहेको छ।

इरानी मिसाइल प्रहारपछि इजरायली डिफेन्स फोर्सेस (IDF) ले इरानबाट मिसाइल प्रक्षेपण भएको पुष्टि गर्दै नागरिकहरूलाई सुरक्षित स्थान (सेल्टर) मा जान निर्देशन दिएको छ।

विश्लेषकहरूका अनुसार, यो आक्रमण पछिल्लो समय इरान–इजरायलबीच बढिरहेको सैन्य र राजनीतिक तनावको गम्भीर संकेत हो।

Leave a comment