Join our Channel

विद्यालयकै शिक्षकद्वारा बालिकामाथि यौन दुव्र्यवहार, प्रहरीले गर्याे गिरफ्तारी

विद्यालयकै शिक्षकद्वारा बालिकामाथि यौन दुव्र्यवहार, प्रहरीले गर्याे गिरफ्तारी

विद्यालयमै पढाउने शिक्षकद्वारा बालिकामाथि यौन दुव्र्यवहारको गम्भीर आरोप लागेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ।

बारा महागढीमाई नगरपालिका–१ स्थायी घर भई हाल गोरखाको एक आधारभूत विद्यालयमा कार्यरत ३४ वर्षीय शिक्षक विजयकुमार गिरीलाई बालयौन दुरुपयोगको आरोपमा प्रहरीले सोमबार गिरफ्तार गरेको हो।

गोरखा जिल्ला प्रहरी कार्यालयका डिएसपी इन्द्र प्रसाद सुवेदीका अनुसार, गिरीले आफैं अध्यापन गर्ने विद्यालयमा पढ्ने एक बालिकामाथि संवेदनशील अंग समात्ने, अस्वाभाविक यौनजन्य गतिविधि गर्ने, विद्यालय जाने बाटोमा पर्खेर यौन आशयका गतिविधि गर्ने तथा विवाह समारोहमा मादक पदार्थ प्रयोग गरी बालिकालाई प्रभावित पार्ने जस्ता कार्य गरेको आरोपमा बालिकाका अभिभावकले उजुरी दिएका थिए।

उक्त उजुरीका आधारमा प्रहरीले आरोपित शिक्षक गिरीलाई पक्राउ गरी अनुसन्धान थालेको हो। डिएसपी सुवेदीले बताए अनुसार, मंगलबार गिरीविरुद्ध ‘बालयौन दुरुपयोग’ शीर्षकमा मुद्दा दर्ता गरिएको छ र जिल्ला अदालतबाट हिरासत म्याद थप अनुमति लिएर अनुसन्धान अगाडि बढाइएको छ।

प्रहरीले घटनाको थप विवरण संकलन गर्दै प्रमाण सङ्कलन गरिरहेको जनाएको छ। बाल यौन दुव्र्यवहार जस्तो गम्भीर अपराधप्रति शून्य सहनशीलता अपनाउने प्रहरीको भनाइ छ।

Leave a comment