
सबैभन्दा पुरानो नगरपालिका व्यास नगरपालिकाले ४३ औं नगरसभाबाट १ अर्ब ७५ करोड ८४ लाख १९ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ।
त्यस्तै, अन्य पालिकाको प्रस्तावित बजेट यस प्रकार छ:
नगरपालिका:
- शुक्लागण्डकी नगरपालिका: १ अर्ब २४ करोड ७६ लाख ३३ हजार ९६२
- भानु नगरपालिका: ८८ करोड ५९ लाख ४ हजार
- भिमाद नगरपालिका: ६३ करोड ७२ लाख ६० हजार ३७०
गाउँपालिका:
- आँबुखैरेनी गाउँपालिका: ६२ करोड ८ लाख २२ हजार ८३
- घिरिङ गाउँपालिका: ४५ करोड
- ऋषिङ गाउँपालिका: ५२ करोड ४० लाख ९५ हजार ४४७
- म्याग्दे गाउँपालिका: ६८ करोड ७६ लाख ३६ हजार
- बन्दीपुर गाउँपालिका: ६४ करोड ९० लाख ५ हजार
- देवघाट गाउँपालिका: ४७ करोड ७३ लाख ७५ हजार
प्राथमिकतामा पूर्वाधार, कृषि, शिक्षा र स्वास्थ्य
बजेटसँगै प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा पूर्वाधार विकास, उत्पादनमुखी क्षेत्रको प्रवर्द्धन, कृषि प्रणाली सुदृढीकरण, गुणस्तरीय शिक्षा, र स्वास्थ्य सेवा विस्तारलाई उच्च प्राथमिकता दिइएको छ।