Join our Channel

धरानमा रातिको समयमा लागूऔषध कारोबार, १९ वर्षीय युवक ठूलो परिमाणमा लागूऔषधसहित पक्राउ

धरानमा रातिको समयमा लागूऔषध कारोबार, १९ वर्षीय युवक ठूलो परिमाणमा लागूऔषधसहित पक्राउ

सुनसरीको धरानमा प्रतिबन्धित लागुऔषधको कारोबार रोकिएको छैन। प्रहरीले पटक–पटक लागुऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिरहे पनि कारोवार र सेवन दुवै नियन्त्रणमा आउन सकेको देखिँदैन।

मंगलबार राति धरान उपमहानगरपालिका–५ झर्नाचोकस्थित कला खत्रीको घरमा डेरा गरी बस्ने १९ वर्षीय सुदीप भनिने मुन्सन राईलाई ठूलो परिमाणको लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरानको टोलीले रातिको समयमा लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा कोठा खानतलासी गर्दा, उनले झोलाभित्र लुकाएर राखेको प्रतिबन्धित लागुऔषध फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाका अनुसार राईको साथबाट ८ हजार ८७६ क्याप्सुल ट्रामाडोल, ७ हजार ८९० ट्याब्लेट मिफिनिक स्पास, २० ट्याब्लेट नाइट्राजेपाम, २९५ ट्याब्लेट स्पारेस्ट, र ३१२ ट्याब्लेट कोलिवन बरामद गरिएको छ।

प्रहरी निरीक्षक कोमल ठाकुरका अनुसार राईलाई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। आजै उनलाई जिल्ला अदालतमा उपस्थित गराई म्याद थप गरेर आवश्यक कानुनी कारबाही अघि बढाइने जानकारी दिइएको छ।

Leave a comment