Join our Channel

नेपालमै पहिलोपटक फ्रेन्चाइज इन्डोर प्रिमियर लिग क्रिकेट, भदौ २३ देखि काठमाडौंमा सुरु

नेपालमै पहिलोपटक फ्रेन्चाइज इन्डोर प्रिमियर लिग क्रिकेट, भदौ २३ देखि काठमाडौंमा सुरु

नेपालमा पहिलोपटक फ्रेन्चाइज इन्डोर प्रिमियर लिग (FIPL) आयोजना हुने भएको छ। काठमाडौं स्पोर्ट्स इभेन्ट्स प्रालिको आयोजनामा आउँदो भदौ २३ गतेदेखि २८ गतेसम्म राजधानीको चुनिखेलस्थित इन्डोर मैदानमा यो अनौठो र नविन क्रिकेट प्रतियोगिता हुँदैछ।

प्रतियोगिता निर्देशक ज्योति भण्डारीका अनुसार १० ओभरको फर्म्याटमा खेलिने यस लिगमा १० वटा फ्रेन्चाइज टिमको सहभागिता रहनेछ। खेलहरू सिंगल राउन्ड रोबिन लिगको आधारमा संचालन हुनेछन्।

राउन्ड रोबिन चरणपछि शीर्ष ४ टिम सेमिफाइनलमा प्रवेश गर्नेछ। विजेताले इन्डोर क्रिकेटकै इतिहासमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशि प्राप्त गर्ने आयोजकको दाबी छ।

नेपालमा पहिलोपटक आयोजना हुन लागेको यो फ्रेन्चाइज इन्डोर लिगले नयाँ खेलाडीहरूलाई अवसर दिनुका साथै नेपाली क्रिकेटमा नयाँ ऊर्जा थप्ने विश्वास आयोजकले लिएका छन्।

Leave a comment