Join our Channel

७४औं जयन्तीमा ओलीको सम्झना : “जीवनका लागि सिद्धान्त रोज्ने थिए मदन भण्डारी”

७४औं जयन्तीमा ओलीको सम्झना : "जीवनका लागि सिद्धान्त रोज्ने थिए मदन भण्डारी"

प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारीलाई ‘जीवनका लागि सिद्धान्त’ रोज्ने अग्रज नेताका रूपमा स्मरण गरेका छन्।

मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले नेपालको कम्युनिष्ट आन्दोलनलाई सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्तको मार्गतर्फ डो-याउने नेताको रूपमा भण्डारीलाई चित्रित गरेका हुन्।

प्रधानमन्त्री ओलीले लेखेका छन्,

“नेपालको कम्युनिष्ट आन्दोलनलाई सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा, जननेता मदन भण्डारीको आज ७४औँ जन्मजयन्ती। जनताको बहुदलीय जनवादका प्रणेता जननेता मदन भण्डारीप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु।”

आज नेकपा एमाले र यसका विभिन्न जनवर्गीय संगठनहरूले विविध कार्यक्रम गरी भण्डारीको सम्झनामा ७४औं जन्मजयन्ती मनाइरहेका छन्। तत्कालीन एमालेका महासचिव समेत रहेका भण्डारीले नेपाली राजनीतिमा जनताको बहुदलीय जनवाद (Jana Bahudaliya Janabad) को अवधारणा ल्याएका थिए, जसले नेपाली कम्युनिष्ट आन्दोलनलाई एक नयाँ मोड दिएको मानिन्छ।

उनको विचार, दर्शन र योगदानलाई एमाले कार्यकर्ताले अहिले पनि प्रेरणाको स्रोत मानेर अनुसरण गरिरहेका छन्।

Leave a comment