Join our Channel

प्रधानमन्त्री ओलीको खुलेर समर्थन: एलिना र समिक्षाको साहसिक कदमको प्रशंसा

प्रधानमन्त्री ओलीको खुलेर समर्थन: एलिना र समिक्षाको साहसिक कदमको प्रशंसा

गायिकाद्वय एलिना चौहान र समिक्षा अधिकारीको सामाजिक सञ्जालमा भइरहेको बदनामीको सामना गर्दै आलोचकहरूलाई सार्वजनिक गर्ने कदमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले खुलेर समर्थन गरेका छन्।

प्रधानमन्त्री ओलीले फेसबुकमा स्टाटस लेख्दै सामाजिक सञ्जालमा गाली गलौज गर्नेहरूलाई उजागर गर्ने यी दुई गायिकाको साहसिक कार्यको प्रशंसा गरेका हुन्। उनले लेखेका छन्, “समाजलाई परपीडक प्रवृत्तिबाट जोगाउन यस्ता चेतनशील कार्य आवश्यक छन्।”

ओलीले समाजमा राम्रो काम गर्न खोज्ने जो–कोहीले आलोचनाको सामना गर्ने प्रवृत्ति अत्यधिक भएको उल्लेख गर्दै, यस्तो अवस्थामा हिम्मत नहार्न आग्रह गरे।

एलिना र समिक्षाले केही समयदेखि आफ्ना आलोचकहरूको नाम, तस्बिर र फेसबुक आइडी सार्वजनिक गर्दै आइरहेका छन्। आलोचकहरूलाई बेनकाब गर्ने उनीहरूको अभियानलाई प्रधानमन्त्रीले “सही तरिका” भन्दै समर्थन गरेका हुन्।

Leave a comment