Join our Channel

ट्रम्पको घोषणा : अब क्यानडासँग व्यापार वार्ता समाप्त

ट्रम्पको घोषणा : अब क्यानडासँग व्यापार वार्ता समाप्त
Getty Images

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडासँग भइरहेको व्यापार वार्ता अब तुरुन्तै अन्त्य गर्ने घोषणा गरेका छन्। उनले क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूलाई लक्षित गर्दै नयाँ कर नीति ल्याउने तयारी गरिरहेको आरोप लगाएका छन्।

यस वर्षको सुरुवातदेखि नै ट्रम्पले व्यापार युद्धको नीति अँगालेका छन्। अमेरिकी राष्ट्रपतिको पद सम्हालेपछि उनले विदेशी वस्तुहरूमा कर लगाउने नीति लिएका थिए। क्यानडा र अमेरिका बीचको व्यापार सम्झौतामा सहमति जुटाउने प्रयास हुँदै गर्दा ट्रम्पले यस्तो निर्णय लिएका हुन्।

शुक्रबार ट्रम्पले ट्रुथ सोसलमा लेख्दै भने,
“हामी क्यानडासँग व्यापार सम्बन्धी सबै छलफलहरू तत्काल प्रभावबाट समाप्त गर्दै छौं। आगामी सात दिनभित्र क्यानडाले अमेरिकासँग व्यापार गर्दा कति कर तिर्नुपर्छ भन्ने घोषणा गर्नेछौं।”

उनले आगामी हप्तामा नयाँ शुल्क दर सार्वजनिक गर्ने पनि स्पष्ट पारेका छन्।

तर क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले भने अमेरिकासँगको वार्ता जारी राख्ने संकेत दिएका छन्। उनले भने,
“हामी क्यानडावासीको हितका लागि वार्ता जारी राख्नेछौं।”

अमेरिका र क्यानडा दुवै देशले विगत केही महिनादेखि एकअर्काको सामानमा कर लगाउँदै आएको सन्दर्भमा ट्रम्पको यो कदमले अन्तर्राष्ट्रिय व्यापारमा नयाँ तरंग ल्याउन सक्ने अनुमान गरिएको छ।

Leave a comment