Join our Channel

चितुवाको आक्रमणबाट गुलरियामा एक व्यक्ति घाइते, सामान्य चोटपटकपछि घर फर्किए

चितुवाको आक्रमणबाट गुलरियामा एक व्यक्ति घाइते, सामान्य चोटपटकपछि घर फर्किए

बर्दियाको गुलरिया नगरपालिका–६ मा चितुवाको आक्रमणबाट एक पुरुष घाइते भएका छन्।
शनिबार साँझ ५ बजे सर्जु सामुदायिक वनमा घाँस काट्न गएका बेला गुलरिया नगरपालिका–७ निवासी ३२ वर्षीय बिरेन्द्र यादवलाई चितुवाले आक्रमण गरेको हो।

डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी रामकुमार चौधरीका अनुसार यादवको टाउकोमा सामान्य चोट लागेको छ।
उपचारका लागि उनलाई तत्काल बर्दिया अस्पताल लगिएको थियो र प्राथमिक उपचारपछि उनी घर फर्किसकेका छन्।

स्थानीय सामुदायिक वन क्षेत्रमा वन्यजन्तुको आवतजावत बढ्दै गएपछि यस प्रकारका घटनाहरू दोहोरिन थालेका छन्।
सामुदायिक वन नजिकै घाँस दाउरा गर्न जानेहरूका लागि वन विभागले सावधानी अपनाउन सुझाव दिएको छ।

Leave a comment