Join our Channel

प्रतिनिधिसभामा सांसद प्रभु साहले च्यातिए निजामती विधेयक, ‘गरिबमारा’ भन्दै विरोध

प्रतिनिधिसभामा सांसद प्रभु साहले च्यातिए निजामती विधेयक, 'गरिबमारा' भन्दै विरोध

प्रतिनिधिसभाको आजको बैठकमा सांसद प्रभु साहले निजामती सेवा सम्बन्धी विधेयक च्यातेका छन्। उनले उक्त विधेयकलाई ‘गरिबमारा’ भन्दै संसद्‌को रोष्ट्रममै च्यातेर विरोध जनाए।

आजपा (आम जनता पार्टी) अध्यक्षसमेत रहेका साहले विधेयक संविधानविपरीत रहेको बताउँदै गरिबहरूलाई अवसरबाट बञ्चित गराउने र उनीहरूको जीवन झन् कठिन बनाउने प्रयत्न भएको आरोप लगाए।

“संविधानले समानताको ग्यारेन्टी गरे पनि यो विधेयकले गरिबमाथि प्रहार गरेको छ,” उनले भने, “गरिबको चीरहरण गर्ने यस्तो विधेयक म स्विकार्न सक्दिनँ।”

साहले यस्तो ‘अपराधिक प्रकृतिको विधेयक’ अघि बढ्नै नहुने भन्दै संसद्‌ बैठक बहिष्कार गरेका थिए। संसदको रोष्ट्रममै विधेयक च्यातेर उनले स्पष्ट सन्देश दिएका थिए – “गरिबलाई थिच्ने कानून हामी स्वीकार गर्दैनौँ।”

संसद्को आजको बैठकमा निजामती विधेयक पारित हुने कार्यसूची रहेको थियो। साहको आपत्तिपछि संसदमा केही समय हलचल पनि देखिएको थियो।

Leave a comment