Join our Channel

७५ हजार नेपाली दुबईमा बन्धक? सांसद शाहीको गम्भीर दाबी

७५ हजार नेपाली दुबईमा बन्धक? सांसद शाहीको गम्भीर दाबी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक तथा सांसद ज्ञानबहादुर शाहीले दुबईमा ७५ हजारभन्दा धेरै नेपालीहरू बन्धक बनाइएको गम्भीर दाबी गरेका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले युएई, कतार र साउदी अरेबियामा नेपाली श्रमिकहरू ‘बन्धकजस्तै अवस्थामा’ रहेको बताए।

उनले भने, “आज हामीले उनीहरूको चीत्कार सुन्नुपर्दैन? भिजिट भिसा प्रकरण आजको मात्रै होइन, यसको जरोदेखि टुप्पोसम्म छानबिन गर्नुपर्छ।”

शाहीले दोषी जो कोही भए पनि – चाहे मन्त्री होस् वा प्रधानमन्त्री – कानुनी कारबाहीको माग गर्दै संसदमा कडा स्वरमा बोले। उनले सरकारले संसदमा बहुमतको बलमा अंहकार देखाएको आरोप समेत लगाए।

उनले राजनीतिक स्वार्थभन्दा माथि उठेर छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने बताए। “राजनीतिक दाउपेच होइन, पीडितहरूको आवाज सुन्ने समय आएको छ,” शाहीले भने।

उक्त अभिव्यक्तिले वैदेशिक रोजगारमा देखिएको अव्यवस्था र भिजिट भिसाको आडमा भइरहेको मानव बेचबिखनजस्तो घटनालाई उजागर गरेको छ। तर, सांसद शाहीले उल्लेख गरेको ७५ हजारको तथ्यांकको स्रोत भने खुलाएका छैनन्।

Leave a comment