
झापाको मेचीनगरमा सिटी सफारी दुर्घटना हुँदा चालकको ज्यान गएको छ।
आज बिहान करिब ९:३० बजे मेचीनगर नगरपालिका-११ स्थित महामति फर्निचर उद्योग नजिकैबाट नागाडुव्वा जाँदै गरेको सिटी सफारी (गाडी नम्बर: प्र.१–०१–००२ ह ७१०५) अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका मेचीनगर-११ निवासी ३२ वर्षीय चालक राज कडरियाको बीएण्डसी अस्पताल, बिर्तामोडमा उपचारका क्रममा बिहान १०:५५ बजे मृत्यु भएको हो।
प्रहरीले दिएको जानकारी अनुसार उक्त सिटी सफारीमा चालक कडरियाबाहेक अन्य यात्रु सवार थिएनन्।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।