Join our Channel

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना

देशभर हाल सक्रिय रहेको मनसुनी प्रणालीका कारण आज पनि व्यापक वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।

मनसुनको न्यूनचापीय रेखा औसत स्थानको आसपासमा रहेकाले दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। विशेषगरी पहाडी भू–भागका केही स्थान र अन्य भागका पनि केही ठाउँमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।

रातिको समयसमेत उस्तै रहने देखिएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। ती प्रदेशका एक-दुई स्थानमा राति पनि भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ।

सावधानी अपनाऔं:

  • पहिरोको सम्भावना भएको क्षेत्रमा सतर्कता अपनाउनुहोस्
  • नदीनाला आसपास आवतजावत गर्दा विशेष ध्यान दिनुहोस्
  • मौसम अपडेटका लागि नियमित जानकारी लिंदै गर्नुहोस्

Leave a comment