
देशभर हाल सक्रिय रहेको मनसुनी प्रणालीका कारण आज पनि व्यापक वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।
मनसुनको न्यूनचापीय रेखा औसत स्थानको आसपासमा रहेकाले दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। विशेषगरी पहाडी भू–भागका केही स्थान र अन्य भागका पनि केही ठाउँमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।
रातिको समयसमेत उस्तै रहने देखिएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। ती प्रदेशका एक-दुई स्थानमा राति पनि भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ।
सावधानी अपनाऔं:
- पहिरोको सम्भावना भएको क्षेत्रमा सतर्कता अपनाउनुहोस्
- नदीनाला आसपास आवतजावत गर्दा विशेष ध्यान दिनुहोस्
- मौसम अपडेटका लागि नियमित जानकारी लिंदै गर्नुहोस्