Join our Channel

देशभर मनसुन क्रमशः कमजोर, तर पहिरोको जोखिम यथावत

देशभर मनसुन क्रमशः कमजोर, तर पहिरोको जोखिम यथावत

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा मनसुन क्रमशः कमजोर हुँदै गएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ सरेको हुँदा आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागमा साधारणतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ।

सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थान र तराईका एक-दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। आज राति कोशी प्रदेशलगायत पहाडी भागमा साधारणतया बदली र अन्य भागमा आंशिक बदली रहने अनुमान गरिएको छ। गण्डकी प्रदेशका पहाडी तथा तराई भाग, वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने छ।

महाशाखाले वर्षाका कारण पहाडी भागमा पहिरो र डेब्रिज फ्लोको जोखिम यथावत रहेको चेतावनी दिएको छ। साथै, साना तथा ठूला नदी–नालामा पानीको सतह बढ्न सक्ने र यातायात प्रभावित हुन सक्ने भएकाले सतर्क रहन तथा आवश्यक पूर्वतयारी गर्न आग्रह गरिएको छ।

Leave a comment