Join our Channel

सर्लाहीमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एक गम्भीर घाइते

सर्लाहीमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एक गम्भीर घाइते

सर्लाहीमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु र एक जना गम्भीर घाइते भएका छन्। एक दुर्घटना चक्रघट्टा गाउँपालिका–५ पडरियामा र अर्को ईश्वरपुर नगरपालिका–१ चौलिखामा भएको हो।

चक्रघट्टामा गएराति बीआर ३० एजी ५०३६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ६० वर्षीय बरन बैठाको मृत्यु भएको छ। सोही घटनामा २० वर्षीय दीपक मण्डल घाइते भई प्रादेशिक अस्पताल मलङ्गवामा उपचाररत छन्। दुर्घटनामा सामान्य घाइते भएका चालक २० वर्षीय हरेकृष्ण यादवलाई उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ।

ईश्वरपुर चौलिखामा एचपी ५५ एसी ६१०५ नम्बरको भारतीय मोटरसाइकल अनियन्त्रित भएर नालामा खस्दा चालक २४ वर्षीय अमनदीप राम गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा साँझ एलएस न्यूरो अस्पताल बारामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

Leave a comment