Join our Channel

ग्लोबल आईएमई बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबीच गैरकोषमा आधारित बैंकिङ सुविधा समझदारी

ग्लोबल आईएमई बैंक लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबीच सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई आवश्यक गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सम्झौतामा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) सुरेन्द्रराज रेग्मी र सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले लेटर अफ क्रेडिट (LC), बैंक ग्यारेन्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ लगायतका गैरकोषमा आधारित बैंकिङ सुविधा ग्लोबल आईएमई बैंकमार्फत प्राप्त गर्नेछन्।

ग्लोबल आईएमई बैंकले हालसम्म ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ र २०२५ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकका रूपमा सम्मान प्राप्त गरिसकेको छ। बैंकले देशभर ३५२ शाखा कार्यालय, ३८४ एटीएम, १५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वैदेशिक प्रतिनिधि कार्यालयमार्फत १,००० भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ।

Leave a comment