Join our Channel

नेपालमा पत्रकारिताको सुरुवात गर्ने मोतीराम भट्टको १६० औँ जन्मजयन्ती मनाइँदै

नेपालमा पत्रकारिताको सुरुवात गर्ने मोतीराम भट्टको १६० औँ जन्मजयन्ती मनाइँदै

आज भाद्रकृष्ण औँसी, मोती जयन्तीको अवसरमा नेपालभर विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरी राष्ट्रिय विभूति एवं पत्रकारिताका प्रवर्तक युवाकवि मोतीराम भट्टको १६० औँ जन्मजयन्ती मनाइँदैछ।

विसं १९२३ साल भाद्रकृष्ण कुशे औँसीका दिन जन्मेका मोतीराम भट्टले नेपाली साहित्य र पत्रकारितामा अमूल्य योगदान दिएका थिए। ३० वर्षको अल्पायुमा विसं १९५३ साल भाद्रकृष्ण कुशे औँसीमा निधन भएका उनले नेपाली साहित्यको शृङ्गार रसमा विशेष योगदान पुर्‍याए।

मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याएका थिए र नेपालमा पहिलो छापाखाना स्थापना गरेर पत्रकारिताको सुरुवात गरेका थिए।

आजको अवसरमा नेपाली शिक्षा परिषद्, नेपाल प्रज्ञा प्रतिष्ठान तथा अन्य साहित्यिक संस्था र प्रकाशनहरूले विभिन्न कार्यक्रम आयोजना गर्ने जानकारी प्राप्त भएको छ।

Leave a comment