Join our Channel

झापामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान कनकाई नगरपालिका-१ निवासी ३७ वर्षीय पंकज माझीको रूपमा भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार, आज बिहान साढे ८ बजेको समयमा कनकाई-१ स्थित खहरे खोलामा बिजुलीको पोलबाट करेन्ट लगाएर माछा मार्ने क्रममा माझीको मृत्यु भएको हो ।

घटनापछि इलाका प्रहरी कार्यालय अनारमनिको टोलीले घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरेको र थप अनुसन्धान जारी रहेको जनाइएको छ ।

Leave a comment