
झापामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान कनकाई नगरपालिका-१ निवासी ३७ वर्षीय पंकज माझीको रूपमा भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार, आज बिहान साढे ८ बजेको समयमा कनकाई-१ स्थित खहरे खोलामा बिजुलीको पोलबाट करेन्ट लगाएर माछा मार्ने क्रममा माझीको मृत्यु भएको हो ।
घटनापछि इलाका प्रहरी कार्यालय अनारमनिको टोलीले घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरेको र थप अनुसन्धान जारी रहेको जनाइएको छ ।