
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार रहेका सुर्खेत भेरीगङ्गा नगरपालिका–२, सप्तरी समाझिङ्घाका कृष्ण सुनारलाई कुवेतबाट पक्राउ गरी नेपाल ल्याइएको छ। ‘इन्टरपोल’मार्फत ‘रेड नोटिस’ जारी रहेका सुनारलाई कुवेतको राष्ट्रिय अपराध अनुसन्धान विभागसँगको समन्वयमा बुधबार स्वदेश ल्याइएको केन्द्रीय प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार उनलाई आवश्यक कानूनी प्रक्रिया अघि बढाउन सुर्खेत जिल्ला प्रहरी कार्यालयमा बुझाइनेछ।