Join our Channel

उच्च अदालतको आदेशपछि गणेश थापालाई राहत, फुटबल गतिविधिमा पुनः संलग्न हुने बाटो खुला

उच्च अदालतको आदेशपछि गणेश थापालाई राहत, फुटबल गतिविधिमा पुनः संलग्न हुने बाटो खुला

अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापामाथि फुटबल गतिविधिमा रोक लगाउने निर्णय पाटन उच्च अदालतले खारेज गर्दै उनलाई पुनः फुटबल क्रियाकलापमा सहभागी हुन अनुमति दिएको छ।

फिफाले लगाएको १० वर्षको प्रतिबन्ध अवधि पूरा गरिसकेका थापालाई एन्फाको अनुशासन र सदाचार समितिले क्रमशः वैशाख ४ र वैशाख १६ मा विधानको धारा २४(३) ङ अनुसार कुनै पनि फुटबल गतिविधिमा संलग्न हुन नपाउने निर्णय गरेको थियो। तर, अदालतले यो कदम न्यायको सिद्धान्तविपरीत भएको ठहर गर्दै फिफाको कारबाही भोगिसकेपछि पुनः कारबाही आवश्यक नरहेको आदेश सुनायो।

यसअघि वैशाख २६ गते एन्फा साधारणसभामा प्रवेश रोकिएको भन्दै थापाले अवहेलनासम्बन्धी रिट दायर गरेका थिए, जसलाई अदालतले दाबी नपुगेको भन्दै खारेज गरेको थियो। अब थापाले यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा जाने तयारी गरेका छन्।

Leave a comment