
भूमि सम्बन्धी विधेयकको विरोधमा जनता समाजवादी पार्टी (जसपा), नेपालले मिर्चैयामा शनिबार विरोध प्रदर्शन गरेको छ। जिल्लाका विभिन्न स्थानबाट आएका नेता तथा कार्यकर्ताहरूले राजमार्ग हुँदै विभिन्न क्षेत्रमा र्याली र नाराबाजी गर्दै विधेयक फिर्ता लिन माग गरे।
जसपाका केन्द्रीय सचिव सुरेशकुमार मण्डलले उक्त विधेयक भूमिहीन, सुकुम्बासी र किसानको हितमा नभई दलाल र भूमाफियालाई फाइदा पुर्याउने गरी ल्याइएको आरोप लगाए। उनले भने, “मधेशको जमिन दलाल पुँजीपतिहरूलाई सुम्पिने र मधेशी जनतालाई कमजोर बनाउने षड्यन्त्र हामीले सफल हुन दिँदैनौं। यो विधेयक खारेज नभए कडा प्रतिवाद हुनेछ।”