Join our Channel

तामाङ चलचित्र संघले ३० औं तामाङ चलचित्र प्रदर्शन दिवस मनायो

तामाङ चलचित्र संघले ३० औं तामाङ चलचित्र प्रदर्शन दिवस मनायो

काठमाडौंमा शनिबार तामाङ चलचित्र संघले ३० औं तामाङ चलचित्र प्रदर्शन दिवस विविध सम्मान र सांस्कृतिक कार्यक्रमसहित मनायो। वि.सं. २०५२ भदौ १६ मा पहिलो तामाङ चलचित्र प्रदर्शन भएको दिनको सम्झनामा संघले हरेक वर्ष यो दिवस मनाउँदै आएको हो।

कार्यक्रममा चलचित्र निर्माता, निर्देशक, कलाकार, संगीतकार, नृत्य निर्देशक, हास्य कलाकार, सामाजिक अभियन्तालगायत २२ विधामा टीएफआर सम्मान प्रदान गरियो। सम्मानितमध्ये निर्माता कोपिला लामा, निर्देशक हुत्त सञ्जय लामा, नायक जय स्याङ्तान, नायिका संगीता लामा, अभिनेता राजकुमार स्याङ्तान, गायिका लक्ष्मी स्याङ्तान, हास्य कलाकार गोर्खा घिसिङ, खलनायक विकाश स्याङ्तान, पत्रकार हिरोज लोप्चन लगायत थिए।

प्रमुख अतिथि काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिकाका नगरप्रमुख कुन्साङ लामाले तामाङ चलचित्रलाई समुदायको संस्कृति, भाषा र पहिचान जोगाउने आन्दोलनको हिस्सा भने। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले तामाङ चलचित्रलाई नेपाली चलचित्र उद्योगको अविभाज्य हिस्सा बताउँदै प्राविधिक र बजारमैत्री बनाउन जोड दिए।

सांगीतिक र नाट्यमञ्च प्रस्तुति पनि गरिएको कार्यक्रममा विश्व दोङ, लक्ष्मी स्याङ्तान, काजल तामाङ, संगीता दोङलगायत कलाकारको प्रस्तुति रह्यो।

Leave a comment