
सिन्धुपाल्चोककी गंगा सोनामले गायन रियालिटी शो नेपाल आइडल-६ (छैटौं संस्करण) को उपाधि हात पारेकी छन्। आइतबार साँझ सम्पन्न भएको ग्रान्ड फिनालेमा उनले बबिता थापा मगर, दर्शना गन्धारी, अभिनय खाती र मृनल मानन्धरलाई पछि पार्दै विजयी बनेकी हुन्।
विजेताका रूपमा गंगाले २५ लाख रुपैयाँको चेक पुरस्कार प्राप्त गरिन्।
- फस्ट रनरअप: बबिता थापा मगर – १० लाख रुपैयाँ
- सेकेण्ड रनरअप: दर्शना गन्धारी – ५ लाख रुपैयाँ
- चौथो स्थान: अभिनय खाती – १ लाख रुपैयाँ
- पाँचौं स्थान: मृनल मानन्धर – १ लाख रुपैयाँ
निर्णायक मण्डलमा न्ह्यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी थिए।