
नेपाल आयल निगमले डिजेल/मट्टितेल र हवाई इन्धनको मूल्यमा कमी गरेको छ। इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार डिजेल/मट्टितेल प्रतिलिटर ४ रुपैयाँ र आन्तरिक हवाई इन्धन प्रतिलिटर १ रुपैयाँले सस्तो भएको हो।
निगमले जारी गरेको विज्ञप्तिअनुसार अन्तर्राष्ट्रिय हवाई इन्धनमा पनि परिवर्तन भएको छ। काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले कमी गरिएको छ भने पोखरा र भैरहवाका लागि ब्रेकइभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको छ।
पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहनेछ। नयाँ मूल्य आइतबार राति १२ बजेदेखि लागू हुनेछ।
