Join our Channel

भौतिक विकाससँगै प्राज्ञिक क्षेत्रको उत्थान अपरिहार्य – राष्ट्रपति पौडेल

भौतिक विकाससँगै प्राज्ञिक क्षेत्रको उत्थान अपरिहार्य – राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले देशको समृद्धिका लागि भौतिक पूर्वाधार मात्र नभई साहित्य, कला, सङ्गीतलगायत प्राज्ञिक क्षेत्रको विकास पनि अत्यावश्यक रहेको बताएका छन्।

शीतल निवासमा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव–२०८२ का विजयी कविहरूलाई पुरस्कार वितरण गर्दै राष्ट्रपति पौडेलले मुलुक विभिन्न भाषा, जाति र संस्कृतिहरूको साझा थलो भएको स्मरण गराउँदै ती सबैको संरक्षण र संवर्धनमा राज्य र समाज दुवैको साझा दायित्व रहेको बताए।

राष्ट्रपति पौडेलले नेपाली जनताको लामो संघर्ष र त्यागबाट प्राप्त उपलब्धिलाई प्राज्ञिक रूपमा स्थापित गर्नु नेपाल प्रज्ञा प्रतिष्ठानको जिम्मेवारी भएको उल्लेख गर्दै प्रतिष्ठानले आफ्नो दायित्व कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरे।

उनले साहित्यलाई भाषाको कलात्मक अभिव्यक्ति भन्दै भने, “भाषा र साहित्य नै देशको ढुकढुकी, पहिचान र आत्मा हो।”

कार्यक्रममा राष्ट्रपति पौडेलले उत्कृष्ट १० कविहरूलाई सम्मानपत्र र पुरस्कार प्रदान गरे।

Leave a comment