
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सरिता घर्ती मगर युएईमा पक्राउ परेकी छिन्। ठगी मुद्दामा फरार रहिएकी रूपन्देही बुटवल उपमहानगरपालिका–१ की सरिता घर्ती मगरलाई आइतबार नेपाल फिर्ता ल्याइएकाे हो।
एनसिबि काठमाडौंको अनुरोधमा २०८० माघ १ गते इन्टरपोल महासचिवालयले उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो। फरार रहँदै आएकी उनलाई युएईमा पक्राउ गरी सम्बन्धित मुद्दामा कारबाहीका लागि नेपाल ल्याइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।
उनीमाथि आवश्यक अनुसन्धान एवम् कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय इटहरी, सुनसरीमा बुझाइने बताइएको छ।