
नेपाली सेनाले काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा जारी निषेधाज्ञा तथा कर्फ्यूलाई खुकुलो बनाउने निर्णय गरेको छ।
जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले विज्ञप्ति जारी गर्दै नागरिकको जनधनको सुरक्षासँगै अत्यावश्यक सेवा सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको जनाएको छ।
कति बजे आवतजावत खुला?
- बिहान : ६ बजेदेखि १० बजेसम्म
- साँझ : ५ बजेदेखि ७ बजेसम्म
यस समयमा सर्वसाधारणले घर बाहिर निस्केर अत्यावश्यक काम गर्न पाउनेछन्।
कुन–कुन सेवा सञ्चालन गर्न पाइने?
- एम्बुलेन्स, शववाहन, दमकल
- स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी
- खाद्यान्न, इन्धन, दुध, तरकारी, पानी र औषधि ढुवानी गर्ने सवारी
सरकारी कार्यालय र बैंक
- सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरू आफ्नो परिचयपत्र देखाएर आवतजावत गर्न सक्नेछन्।
हवाई यात्रुहरूको लागि
- आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले आफ्नो टिकट देखाएर विमानस्थलसम्म आवतजावत गर्न पाउनेछन्।
उपत्यका बाहिर के हुने?
काठमाडौं उपत्यकाबाहेकका जिल्लामा भने स्थानीय सुरक्षा समितिको निर्णय अनुसार निषेधाज्ञा र कर्फ्यू लागू हुने सेनाले जनाएको छ।