Join our Channel

कालिमाटीमा शनिबार मात्रै ८४५ टन तरकारी–फलफूल भित्रियो, बजार सामान्यतर्फ

कालिमाटीमा शनिबार मात्रै ८४५ टन तरकारी–फलफूल भित्रियो, बजार सामान्यतर्फ

निषेधाज्ञा र कर्फ्यु हटेसँगै कालिमाटी तरकारी बजार सामान्य अवस्थामा फर्किएको छ । शनिबार मात्र ८ सय ४५ टन तरकारी, फलफूल, माछा लगायतका सामग्री बजारमा भित्रिएका छन् ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार, शनिबार भित्रिएको वस्तुमध्ये ताजा तरकारी मात्रै ७३१ टन थियो । धादिङ, नुवाकोट, काभ्रे, चितवन, मकवानपुर लगायतका जिल्लासँगै भारतबाट समेत आपूर्ति भएको उनले जानकारी दिए ।

श्रेष्ठले भने, “आइतबार बिहान ६ बजेसम्म मात्रै २ सय ५८ टन तरकारी, फलफूल र माछा बजारमा आएको छ । दिनभरि अझै आपूर्ति भित्रिनेछ । अब बजार सामान्य अवस्थामा पुगेको छ ।”

कालिमाटीमा दैनिक औसत ६५० देखि ७०० टन तरकारी भित्रिने गर्दछ । तर भदौ २३ मा जेन-जी आन्दोलनका कारण आपूर्ति अवरुद्ध भएपछि भदौ २४ मा मात्र २०० टन तरकारी–फलफूल आएको थियो । त्यसपछिका दिनमा पनि आपूर्ति निकै न्यून भएको थियो । शुक्रबार ४६६ टन मात्रै आएको भए शनिबारदेखि बजारले पुरानै रफ्तार समातेको हो ।

Leave a comment