Join our Channel

नयाँ लाइसेन्सको अनलाइन प्रणाली दसैंपछि, अहिले यात्रु प्रतीक्षालयबाट नियमित सेवा

नयाँ लाइसेन्सको अनलाइन प्रणाली दसैंपछि, अहिले यात्रु प्रतीक्षालयबाट नियमित सेवा

गत मंगलबारको प्रदर्शनमा भएको आगलागी र तोडफोडबाट ध्वस्त भएको यातायात व्यवस्था विभाग अहिले तत्काल प्रयोग अयोग्य बनेपछि यात्रु प्रतीक्षालयबाट नियमित सेवा सञ्चालन गरिएको छ।

नयाँ लाइसेन्स दसैंपछि मात्र

  • नयाँ सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन दिने प्रक्रिया अस्थायी रूपमा रोकिएको छ।
  • विभागका उप–महानिर्देशक केशव खतिवडाका अनुसार नयाँ अनलाइन प्रणाली दसैंपछि मात्र सुरु हुनेछ।
  • उनले बताए, “कार्यालयको डाटा ब्याकअप सुरक्षित छ। तर २० हजार छपाई भएका लाइसेन्समध्ये केही जलेको, केही हराएको छ। छपाई कार्ड ५ लाख सुरक्षित भेटिएका छन्।”

दैनिक हजारौं प्रभावित

  • सातै प्रदेशबाट दैनिक ६–७ हजार नयाँ फर्म दर्ता हुन्थ्यो।
  • ट्रायल पास गरेर ४–५ हजार नयाँ लाइसेन्स दैनिक जारी हुन्थे।
  • आपतकालीन लाइसेन्सका लागि दैनिक ५ सयसम्म आवेदन आउने गर्थ्यो तर सेवा अहिले ठप्प छ।

इम्बोस्ड नम्बर प्लेटको ठूलो क्षति

  • प्रदर्शनकै क्रममा पठाउन तयार सबै इम्बोस्ड नम्बर प्लेट जलेर नष्ट भएका छन्।
  • उत्पादन प्लान्ट समेत जलेपछि सेवा तत्कालै सुरु हुन नसक्ने अवस्था छ।
  • विभागका अनुसार साउनसम्म ८ लाख १९ हजार ५९ वटा प्लेट उत्पादन भएको थियो।
  • तीमध्ये करिब २ लाख मात्र प्रदेश कार्यालयमा पठाइएको थियो भने बाँकी ६ लाख १९ हजार प्लेट विभागमै जलेर नष्ट भएको छ।

विवरण

  • दुई पांग्रे: ६,३२,१४१
  • चारपांग्रे: १,६४,१९१
  • हेभी सवारी: १४,५८२
  • तीन पांग्रे: ८,१४५

Leave a comment