
गत मंगलबारको प्रदर्शनमा भएको आगलागी र तोडफोडबाट ध्वस्त भएको यातायात व्यवस्था विभाग अहिले तत्काल प्रयोग अयोग्य बनेपछि यात्रु प्रतीक्षालयबाट नियमित सेवा सञ्चालन गरिएको छ।
नयाँ लाइसेन्स दसैंपछि मात्र
- नयाँ सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन दिने प्रक्रिया अस्थायी रूपमा रोकिएको छ।
- विभागका उप–महानिर्देशक केशव खतिवडाका अनुसार नयाँ अनलाइन प्रणाली दसैंपछि मात्र सुरु हुनेछ।
- उनले बताए, “कार्यालयको डाटा ब्याकअप सुरक्षित छ। तर २० हजार छपाई भएका लाइसेन्समध्ये केही जलेको, केही हराएको छ। छपाई कार्ड ५ लाख सुरक्षित भेटिएका छन्।”
दैनिक हजारौं प्रभावित
- सातै प्रदेशबाट दैनिक ६–७ हजार नयाँ फर्म दर्ता हुन्थ्यो।
- ट्रायल पास गरेर ४–५ हजार नयाँ लाइसेन्स दैनिक जारी हुन्थे।
- आपतकालीन लाइसेन्सका लागि दैनिक ५ सयसम्म आवेदन आउने गर्थ्यो तर सेवा अहिले ठप्प छ।
इम्बोस्ड नम्बर प्लेटको ठूलो क्षति
- प्रदर्शनकै क्रममा पठाउन तयार सबै इम्बोस्ड नम्बर प्लेट जलेर नष्ट भएका छन्।
- उत्पादन प्लान्ट समेत जलेपछि सेवा तत्कालै सुरु हुन नसक्ने अवस्था छ।
- विभागका अनुसार साउनसम्म ८ लाख १९ हजार ५९ वटा प्लेट उत्पादन भएको थियो।
- तीमध्ये करिब २ लाख मात्र प्रदेश कार्यालयमा पठाइएको थियो भने बाँकी ६ लाख १९ हजार प्लेट विभागमै जलेर नष्ट भएको छ।
विवरण
- दुई पांग्रे: ६,३२,१४१
- चारपांग्रे: १,६४,१९१
- हेभी सवारी: १४,५८२
- तीन पांग्रे: ८,१४५