Join our Channel

ऊर्जामन्त्री कुलमान घिसिङले तबल भत्ता नलिने घोषणा

ऊर्जामन्त्री घिसिङले तबल भत्ता नलिने घोषणा

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले सोमबार पदभार ग्रहण गर्दै आफ्नो पहिलो निर्णयमा डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता रकम असुल्न विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन्।

पहिलो निर्णय

  • मन्त्रालय प्रवेश गरेलगत्तै उनले उद्योगहरूले तिर्न बाँकी राखेको विद्युत महसुल उठाउने निर्णयमा हस्ताक्षर गरे।
  • मुलुक अहिले आर्थिक र राजनीतिक संकटमा रहेको भन्दै सर्वसाधारण, व्यवसायी र विदेशमा रहेका नेपालीबाट सहयोग आवश्यक रहेको उनको भनाइ थियो।

तबल भत्ता नलिने घोषणा

  • मन्त्री घिसिङले आफू मन्त्री पदमा रहँदा पाउने तबल भत्ता नलिने घोषणा गरेका छन्।
  • साथै, पाउने सम्पूर्ण पारिश्रमिक विशेष कोषमा दाखिला गर्ने प्रतिबद्धता जनाए।
  • उनले भ्रष्टाचार नियन्त्रण र सुशासन कार्यान्वयनलाई प्राथमिकता दिने बताए।

पुनःनिर्माण र कोष स्थापना

  • जेन–जी आन्दोलनपश्चात् ध्वस्त भएका संरचनाको छिटो पुनःनिर्माण गर्न अर्थ मन्त्रालयसँग सहमतिमा विशेष कोष स्थापना गरिने उनले बताए।
  • सो कोषमा सबै क्षेत्रबाट सहयोग संकलन गर्ने योजना मन्त्री घिसिङको छ।

जेन–जी आन्दोलनको सन्दर्भ

  • अन्तरिम सरकार विशेष परिस्थितिमा बनेको भन्दै उनले जेन–जी आन्दोलनका मागलाई सार्थक बनाउन प्रतिबद्ध रहने उल्लेख गरे।
  • साथै, तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनु सरकारले पुरा गर्नुपर्ने मुख्य जिम्मेवारी भएको उनको भनाइ थियो।

Leave a comment