Join our Channel

आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको विधिपूर्वक पूजा आराधना

आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको विधिपूर्वक पूजा आराधना

आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर र मठमन्दिरमा नौ दुर्गामध्ये पाँचौँ स्कन्दमाताको विशेष पूजा आराधना गरिएको छ।

धार्मिक मान्यताअनुसार छान्दोग्य श्रुतीका आधारमा भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारलाई स्कन्द नाम रहन गएको हो। स्कन्दकी माता भएकाले पार्वती नै स्कन्दमाता नामले प्रसिद्ध भएकी छन्।

नवरात्रको अवसरमा घटस्थापनास्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्रको पाठ गरिन्छ। भक्तजनले श्रद्धापूर्वक स्कन्दमाताको पूजा आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहेको छ।

वैदिक सनातन धर्मअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्ने परम्परा छ। यस अवधिमा गरिएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गरिन्छ। यसरी नै नेपालीहरूले १५ दिनसम्म बडादसैँ पर्व उल्लासपूर्वक मनाउने परम्परा रहेको छ।

देशभरका शक्तिपीठमा भक्तजनको ठूलो भीड लाग्ने र पूजा आराधना एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, पारिवारिक सुख–शान्ति र ऐश्वर्य प्राप्त हुने विश्वास रहिआएको छ।

Leave a comment