Join our Channel

प्रहरीका चार डिआइजी एआइजीमा बढुवा सिफारिस

प्रहरीका चार डिआइजी एआइजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका चार जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा सिफारिस गरिएको छ।

गृह मन्त्रालय बढुवा समितिको आज बसेको बैठकले जनपद प्रहरी समूहतर्फका डिआइजीहरू —

  • सुशीलसिंह राठौर
  • उमाप्रसाद चतुर्वेदी
  • हिमालयकुमार श्रेष्ठ
  • डम्बरबहादुर विक

लाई एआइजीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो।

प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा गरिएको हो।
बढुवा समितिका सदस्य–सचिव एवं प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले यसबारे जानकारी दिएका छन्।

यससँगै प्रहरी संगठनको नेतृत्व तहमा नयाँ एआइजीहरूको नियुक्ति प्रक्रिया अघि बढ्नेछ।

Leave a comment