
जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) देशका अधिकांश भू-भागमा बदली रहने जनाएका छन्।
आज बिहान जारी बुलेटिन अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ।
त्यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।
राति पनि कोशी, बागमती, गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायू र स्थानीय वायूको प्रभाव रहेका कारण वर्षाको गतिविधि देखिएको हो।