
नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। मंगलबार २३ सय रुपैयाँले बढेको सुन आज २६ सयले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बुधबार एक तोला सुनको मूल्य २ लाख ३८ हजार रुपैयाँ कायम भएको छ। मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
यद्यपि सुनको मूल्यमा वृद्धि भए पनि चाँदीको मूल्य सामान्य घटेको छ। बुधबार चाँदी ५ रुपैयाँले घटेर एक तोला चाँदी २ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार चाँदीको मूल्य २ हजार ९६० रुपैयाँ प्रतितोला रहेको थियो।
सुनको मूल्य बढ्नुमा विश्वव्यापी आर्थिक अस्थिरता, अमेरिकी डलरको मूल्य र अन्तर्राष्ट्रिय बजारमा सुनको माग मुख्य कारक रहेका विश्लेषकहरूले बताएका छन्।