
गएराति काठमाडौंको तीनकुने क्षेत्रमा भएको मोटरसाइकल दुर्घटनामा २१ वर्षीय समिर चौधरीको मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका–३२, तीनकुनेस्थित सडकमा बा६८प ४१५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको थियो। मोटरसाइकल चालक चौधरी कैलालीको गोदावरी गाउँपालिका–८ घर भई हाल काठमाडौंको बानेश्वरमा बस्दै आएका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा निधन भएको छ।
काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार दुर्घटनाको कारण सम्बन्धमा अनुसन्धान भइरहेको छ।