Join our Channel

कोशी र कर्णालीका पहाडी भूभागमा आज फाटफुट वर्षाको सम्भावना

कोशी र कर्णालीका पहाडी भूभागमा आज फाटफुट वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। आज बिहान जारी बुलेटिनअनुसार कोशी र कर्णाली प्रदेशका पहाडी भूभागहरूमा एक–दुई स्थानमा फाटफुट वर्षा हुने सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज देशका अधिकांश भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहनेछ। पहाडी क्षेत्रका केही स्थानमा भने हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

त्यस्तै, आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

Leave a comment