Join our Channel

केपी शर्मा ओलीले भने: ‘यस्तै भयो भने फेरि प्रधानमन्त्रीमा फर्किन सक्छु’

ओलीले भने: ‘यस्तै भयो भने फेरि प्रधानमन्त्रीमा फर्किन सक्छु’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि प्रधानमन्त्रीमा फर्किने सम्भावना रहेको बताएका छन्। आइतबार सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै उनले हालको राजनीतिक अराजकताका बीच आफू प्रधानमन्त्रीमा फर्किन सक्ने दाबी गरेका हुन्।

ओलीले भने,

“यस्तै भयो भने केपी ओली फेरि प्रधानमन्त्रीमा फर्किने सम्भावना बढ्छ। जनताले यो कुरा सहँदैन नि, किन सहने? अरुबाट हुने रहेनछ। यस्तो अराजकता।”

अध्यक्ष ओलीले केही सम्पादकहरूले विशेष सम्पादकीय लेखेर आफूलाई फिर्ता ल्याउन सहयोग गरेको दाबी पनि गरेका छन्। उनले जनताबाट प्राप्त समर्थनका कारण फेरि प्रधानमन्त्री बन्ने मौका हुन सक्ने बताएका छन्।

स्रोतका अनुसार, ओलीले वर्तमान राजनीतिक अस्थिरतालाई स्वाभाविक अवसरका रूपमा लिई आफ्नो राजनीतिक पुनरागमनको सम्भावना बढाउन सक्ने संकेत दिएका छन्।

Leave a comment