
महाराजगञ्ज प्रहरी वृत्तका असई मिलन राय र जवान उत्तम थापाको हत्या आरोपमा प्रहरीले थप पाँच जना पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गोरखाका २१ वर्षीय सोमबहादुर गुरुङ, तनहुँका २१ वर्षीय राजीव गुरुङ, युनिक श्रेष्ठ, सर्लाहीका १७ वर्षीय सुमित तितुङ र रामेछापका १६ वर्षीय दीपक मगर रहेका छन्। उनीहरूविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान अघि बढाएको छ।
यसअघि हत्या आरोपमा पक्राउ परेका चार जना पुर्पक्षका लागि कारागार चलान भइसकेका थिए।
- असई मिलन रायको हत्या आरोपमा होमप्रसाद पौडेल (सिन्धुपाल्चोक) र टिकाराम विक (उदयपुर) पक्राउ परेका थिए।
- जवान उत्तम थापाको हत्या आरोपमा युवराज क्याप्छा (काभ्रे) र सोनाम तामाङ (मकवानपुर) कारागार चलान भइसकेका थिए।
उक्त घटनामा जेनजी आन्दोलनको क्रममा प्रहरी प्रभाग कोटेश्वरका हवल्दार अमृत गुरुङको पनि हत्या भएको थियो।