
लोकप्रिय सांगीतिक रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को सातौं सिजन आगामी शुक्रबार (१४ कात्तिक) बाट प्रसारण सुरु हुँदैछ। शो हरेक शुक्रबार र शनिबार राति ८ बजे हिमालय टिभीमा प्रसारण हुनेछ।
नयाँ सिजनमा राजु लामा र प्रमोद खरेल पुनः कोचको रुपमा सहभागी भएका छन्। साथै खेम सेन्चुरी र मेलिना राईलाई पनि कोचको रुपमा प्रस्तुत गरिनेछ।
सो शोले सामाजिक सञ्जालमार्फत यसको जानकारी सार्वजनिक गरेको छ। दर्शकहरूलाई नयाँ प्रतिभा पत्ता लगाउने अवसरको साथ मनोरञ्जन दिने अपेक्षा गरिएको छ।