Join our Channel

नेपालमा मोन्था चक्रवातको आंशिक प्रभाव, उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

नेपालमा मोन्था चक्रवातको आंशिक प्रभाव, उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

अरब सागरमा विकसित चक्रवात “मोन्था” र पश्चिमी वायुको प्रभाव नेपालमा आंशिक रूपमा देखिएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर हावाहुरीसहितको बदली वातावरण रहने सम्भावना छ।

महाशाखाले जनाएको अनुसार, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश भू–भागमा बादल लाग्ने र वर्षा हुने सम्भावना छ भने तराई क्षेत्रहरूमा साधारणतया बदली रहनेछ।

त्यस्तै, कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भू–भागमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।
साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा हुन सक्ने सम्भावना पनि महाशाखाले जनाएको छ।

मौसम विज्ञका अनुसार, देशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थानहरूमा मध्यम हिमपात हुनसक्ने देखिएको छ।
विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ, विशेषगरी हिमाली भेगमा यात्रा गर्नेहरूलाई सावधानी अपनाउन सल्लाह दिइएको छ।

Leave a comment