Join our Channel

आज देशका यी स्थानमा हुनेछ वर्षा, हिमाली भेगमा हिमपातको सम्भावना

आज देशका यी स्थानमा हुनेछ वर्षा, हिमाली भेगमा हिमपातको सम्भावना

हाल देशका कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका केही भागहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहनेछ भने बाँकी प्रदेशहरूमा साधारण बदलीको स्थिति रहनेछ।

महाशाखाले आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा, साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा हुने अनुमान गरेको छ।

यसबाहेक, कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको छ।

त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा मध्यम हिमपातकेही स्थानमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Leave a comment