Join our Channel

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना गम्भीर घाइते

अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका–३ दुर्गाफाटमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी दिवस जिसीका अनुसार, ना ३६ प ३५०९ नम्बरको मोटरसाइकल सोमबार साँझ झन्डै पौने ८ बजे निगालीबाट दुर्गाफाटतर्फ आउँदै गर्दा दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक १८ वर्षीय गौतम बिक र सोही मोटरसाइकलमा सवार २४ वर्षीय सागर बिकको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

त्यस्तै, पछाडि सवार २५ वर्षीय सन्तोष घर्ती गम्भीर घाइते भएका छन्। उनलाई प्रारम्भिक उपचारका लागि गुल्मीको खर्ज्याङस्थित अस्पतालमा पठाइएको थियो र त्यहाँबाट थप उपचारका लागि पाल्पा रिफर गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, एउटै मोटरसाइकलमा तीन जना सवार रहेका थिए। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

Leave a comment