
मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनल ले आफ्नो पदबाट राजीनामा बुझाएका छन्। उनले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष लिखित राजीनामा पेश गरेका हुन्।
मुख्यमन्त्री सोनलले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि राजीनामा दिने घोषणा गर्दै प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भई आधिकारिक रूपमा राजीनामा बुझाएका हुन्।
विश्वासको मत नपाएपछि उनको सरकार स्वाभाविक रूपमा अल्पमतमा पुगेको थियो। त्यसपछि उनले संवैधानिक प्रक्रिया अनुसार मुख्यमन्त्री पदबाट औपचारिक रूपमा राजीनामा दिए।
सोनलको राजीनामापछि मधेश प्रदेशमा नयाँ राजनीतिक समीकरण बन्ने अपेक्षा गरिएको छ। अब प्रदेश प्रमुखले संविधानअनुसार नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरु गर्ने बताइएको छ।
मधेश प्रदेशमा पछिल्ला हप्तामा दलहरूबीच गठबन्धन पुनर्संरचना र शक्ति सन्तुलनको प्रयास तीव्र भएको छ। सोनलको राजीनामासँगै प्रदेशको राजनीतिमा नयाँ मोड आएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।