Join our Channel

एनपीएल सिजन २: क्यानले सार्वजनिक गर्यो टिकट मूल्य, साधारण ५०० देखि प्रिमियम २ हजारसम्म

एनपीएल सिजन २: क्यानले सार्वजनिक गर्यो टिकट मूल्य, साधारण ५०० देखि प्रिमियम २ हजारसम्म

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि टिकट मूल्य निर्धारण गरेको छ। क्यानले पहिलो ६ दिनका लागि टिकट बिक्री खुला भएको जानकारी एक विज्ञप्ति मार्फत सार्वजनिक गरेको हो।

क्यानका अनुसार, साधारण टिकटको मूल्य ५०० रुपैयाँ तोकिएको छ। साधारण खेलदिनका लागि प्रिमियम टिकट मूल्य १,००० रुपैयाँ तोकिएको छ।

शनिबारका खेलको प्रिमियम टिकट मूल्य १,५०० रुपैयाँ रहने क्यानले जनाएको छ।

त्यस्तै, प्लेअफ र फाइनल खेलका लागि:

  • साधारण टिकट: १,००० रुपैयाँ
  • प्रिमियम टिकट: २,००० रुपैयाँ

एनपीएल सिजन २ का सम्पूर्ण खेल हेर्न चाहने दर्शकका लागि सिजन पासको मूल्य १५,००० रुपैयाँ तोकिएको छ।

नेपाल प्रिमियर लिग (NPL) को दोस्रो संस्करण मंसिर १ गतेदेखि २७ गतेसम्म आयोजना हुने तय गरिएको छ।

Leave a comment